भियतनाममा यागी चक्रवातका कारण ६५ को मृत्यु, ३९ बेपत्ता

भियतनाममा यागी चक्रवातका कारण ६५ को मृत्यु, ३९ बेपत्ता

भियतनाम, भदौ २५

समाचार तयार पार्दा सम्म भियतनामको उत्तरी क्षेत्रमा सुपर टाइफुन यागीसँगै आएको बाढी र पहिरोमा परी ६५ जनाको मृत्यु हुनुका साथै ३९ जना बेपत्ता भएको देशको कृषि तथा ग्रामीण विकास मन्त्रालयले जनाएको छ ।

चक्रवातका कारण ७५२ जना घाइते भएको जनाइएको छ । मङ्गलबार लाओ काई र येन बाई प्रान्तको थाओ नदीको जलस्तरले सन् १९६८ र २००८ को ऐतिहासिक रेकर्डलाई पार गरेको स्थानीय समाचार माध्यमले जनाएको छ । राजधानी हनोईले बुई र काउ नदीमा पानीको स्तर बढ्दो क्रममा रहेकाले उच्चतम चेतावनी जारी गरेको छ । हनोईको “रेड नदी” को बढ्दो जलस्तरले सोमबार देखि सहरका विभिन्न क्षेत्रहरूमा बाढी आएको भियतनाम समाचार समितिले जनाएको छ ।

भियतनामी प्रधानमन्त्री फाम मिन्ह चिनले टाइफुनबाट प्रभावित पाँच प्रान्तलाई सहयोग गर्न सन् २०२४ को बजेटबाट १०० बिलियन भियतनामी डोङ वा (करिब चार मिलियन अमेरिकी डलर) छुट्याउने निर्णय गर्नुभएको छ । –––