सुनसरीबाट करीब ४ सय ८० के.जी.गाँजा बरामद
_YYX9uJKagw_vmsxtaqkajzlmskbliybdwirhwwb241crmo0zo83fc7kfm6pfrjnhsn7mo3g_pV3AnxkIbw_elv9kw9buelmlr83ayenmfspspcsxbahyxbte575pdgh2qivzlgidbswwdcf.jpg)
काठमाडौं, भदौ २६
सुनसरी जिल्लाको भोक्राहा नरसिँह गाउँपालिका–८ स्थित हुलाकी मार्गबाट भाद्र २६ गते सशस्त्र प्रहरीले २ सय ३५ केजी गाँजासहित बोलेरो गाडी नियन्त्रणमा लिएको छ ।
सोही गाउँपालिकाको फुलचोकबाट दक्षिण सीमा ईलाकातर्फ जादै गरेको बा ९ च ७१६६ नम्बरको बोलेरो गाडीमा लुकाई छिपाई राखेको अबस्थामा ८ बोरा प्रतिबन्धित लागूऔषध गाँजा बिओपी लौकही र सुरक्षा बेश भुटाहाको टोलीले बरामद गरेको हो ।
सशस्त्र प्रहरीले उक्त गाडी रोक्ने क्रममा चालकले गाडी भगाउन खोज्दा नजिकैको खेतमा फसेपछि चालक भने फरार भएका थिए । बरामद गाँजा र गाडी आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।
यसअघि सशस्त्र प्रहरीले भाद्र २५ गते सोही जिल्लाको बराहक्षेत्र नगरपालिका–६ स्थित शिसौलीघाटबाट करीब २ सय ४५ के.जी गाँजा बरामद गरेको थियो ।