नेप्सेमा २२ अंकको गिरावट

नेप्सेमा २२ अंकको गिरावट

   काठमाडौं, भदौ २६

नेप्से दोहोरो अंकले घटेको छ । अघिल्लो दिन घटेको नेप्से आज पुन २२ दशमलव ७३ अंकले घटेर २६ सय १० दशमलव २१ अंकमा खुम्चिएको छ । सेन्सिटिभ इन्डेक्स पनि आज चार दशमलव ३० अंकले घटेर चार सय ६३ दशमलव शून्य सात अंकमा खुम्चिएको छ । 

नेप्सेमा आज तीन सय १७ वटा कम्पनीहरुको ८७ हजार ३६ पटकको कारोबारमा एक करोड ५४ लाख २८ हजार सात सय २४ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम छ अर्ब ८५ करोड ११ लाख ७९ हजार ५१ रुपैंयाँ कायम भएको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर भएकोमा निर्जीवन बीमा, फाइनान्स र व्यापार समुहको सूचक बढेका छन् । वाणिज्य बैंक, जलविद्युत, जीवन बीमा, विकास बैंक,  होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष र अन्य समुहको सूचक भने आज घटेका छन् ।  

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज वीन लघुवित्त वित्तीय संस्था, समृद्धि फाइनान्स कम्पनी लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने थ्रि स्टार हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, ग्रीन लाइफ हाइड्रोपावर लिमिटेड आदिको शेयर मुल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, ग्रीन लाइफ हाइड्रोपावर लिमिटेड आदि परेका छन् ।