उच्च विन्दुमा पुगेर कीर्तिमान कायम गरेको सुनको भाउ रु सयले घट्यो

उच्च विन्दुमा पुगेर कीर्तिमान कायम गरेको सुनको भाउ रु सयले घट्यो

काठमाडौं, भदौ २७

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ५३ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५३ हजार तीन सय निर्धारण भएको छ । बुधबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर कीर्तिमान कायम गरेको थियो ।

यस्तै चाँदीको मूल्य तोलामा रु १५ ले बढेको छ । बुधबार प्रतितोला रु एक हजार सात सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार सात सय ९५ निर्धारण भएको छ ।
–––