नेपाल बैंकको नगद निक्षेप मेसिन सञ्चालनमा

नेपाल बैंकको नगद निक्षेप मेसिन सञ्चालनमा


काठमाडौं, भदौ २६

नेपाल बैंक लिमिटेडको नगद निक्षेप मेसिन सञ्चालनमा आएको छ । आफ्ना ग्राहकवर्गलाई सधैं नवीनतम डिजिटल बैंकिङ सेवा प्रदान गर्ने नेपाल बैंकको ध्येय अनुरूप नेपाल बैंकले न्युरोड, धर्मपथ, काठमाडौँमा रहेको आफ्नो मूख्य शाखा काठमाडौं बैंकिङ अफिसमा पहिलो नगद निक्षेप मेसिन एक कार्यक्रम माझ उद्घाटन गरी सञ्चालनमा ल्याईएको हो ।  

सो नगद निक्षेप मेसिनको समुद्घाटन गर्दै बैंकले ग्राहक सेवालाई थप प्रभावकारी तथा डिजिटल मैत्री बनाउदै अत्याधुनिक बैंकिङ सेवा विस्तार गरिदै लगिने जनाएको छ । नयाँ जडान गरिएको मेसिनमा रियल टाइम नगद जम्मा गर्ने सुविधा भएकोले ग्राहकवर्गलाई क्यास काउन्टरबाट मात्र नगद जम्मा गर्नुपर्ने बाध्यता हटेको छ ।

हाल बैंकले आफ्नो २२९ शाखा, ५९ एक्टेन्सन काउण्टर र २०४ एटिएम काउण्टरबाट सेवा प्रदान गरिरहेकोछ । अत्याधुनिक प्रविधिलाई आत्मसाथ गर्दै समयानुकूल थप सरल र सहज ग्राहक सेवा प्रदान गर्न बैंक सधैं कटिबद्ध रहेको छ ।