नेप्सेमा उच्च बृद्धि, आठ अर्ब १६ करोडको शेयर किनबेच

नेप्सेमा उच्च बृद्धि, आठ अर्ब १६ करोडको शेयर किनबेच

काठमाडौं, भदौ २७

नेप्से उच्च अंकले बढेको छ । यसअघि लगातार घटेको नेप्से आज बिहिबार ७८ दशमलव १७ अंकले बढेर २६ सय ८८ दशमलव ३८ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ १३ दशमलव ४० अंकले बढेर चार सय ७६ दशमलव ४८ अंकमा पुग्न सफल भएको छ । 

नेप्सेमा आज तीन सय १८ वटा कम्पनीहरुको एक लाख तीन हजार चार सय ६२ पटकको कारोबारमा एक करोड ९४ लाख ३३ हजार एक सय ५४ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम आठ अर्ब १६ करोड ९७ लाख ७४ हजार छ सय १२ रुपैंयाँ कायम भएको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये सामुहिक लगानी कोष समुहको सुचक घटेको छ भने वाणिज्य बैंक, बिकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक बढेर हरियो भएको छ । 

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज वीन लघुवित्त वित्तीय संस्था, ग्रिन भेञ्चर लिमिटेड आदिको शेयर मुल्य बढेका छन् भने थ्रि स्टार हाईड्रोवपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, सानिमा लार्ज क्याप फण्ड आदिको शेयर मुल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड आदि परेका छन् ।