नेपाल टेलिकमको प्रवक्तामा ढकाल
काठमाडौं, भदौ २८
नेपाल टेलिकम, प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक हरि ढकाल पुनः कम्पनीको प्रवक्ताको जिम्मेवारीमा रहेका छन् ।
टेलिकमले बिहिबार विज्ञप्ती जारी गदै सो कुराको जानकारी दिएको हो । उनको सम्पर्क नम्बर कार्यालयः ०१४२१०२०४, मोबाइल ९८५१३७१४१५ तथा ईमेलमा सम्पर्क गर्न सकिने टेलिकमले जनाएको छ ।