चारदिन अघि मात्र ‘मिस्टर काठमाडौं-२०२४’ को उपाधि जितेका प्रकाश राईको हृदयघातका कारण मृत्यु

चारदिन अघि मात्र ‘मिस्टर काठमाडौं-२०२४’ को उपाधि जितेका प्रकाश राईको हृदयघातका कारण मृत्यु

  काठमाडौं, असोज २

चारदिन अघि गत शनिबार मात्र शारीरिक सुगठनको प्रतियोगिता ‘मिस्टर काठमाडौं-२०२४’  को उपाधि जितेका प्रकाश राईको कारण मृत्यु भएको छ ।  आज बिहान उनी बसेको होटलमा हृदयघातका कारण मृत्यु भएको हाे । उनलाई हृदयघात भएको अनुमान गरिएपछि उपचारका लागि टोखास्थित ग्राण्डी अस्पताल पुर्‍याइएको थियो ।

मोरङ बेलबारीका ४५ वर्षीय राईले गत शनिबार दशरथ रंगशालाको कर्भड हलमा सम्पन्न विभिन्न ६ तौलसमूहमा पहिलो भएका खेलाडीबीचको प्रतिस्पर्धामा प्रकाश पहिलो हुँदै मिस्टर काठमाडौंको उपाधि जित्न सफल भएका थिए ।