चार अंकले घट्यो नेप्से

चार अंकले घट्यो नेप्से

काठमाडौं, असोज २

नेप्से घटेको छ । साताको चौंथो दिन आज बुधबार नेप्से चार अंकले घटेर २५ सय ७६ दशमलव ७६ अंकमा सिमित भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव १९ अंकले घटेर चार सय ५९ दशमलव ९२ अंकमा सीमित भएको छ । 

नेप्सेमा आज तीन सय २० वटा कम्पनीहरुको ८० हजार तीन सय ७८ पटकको कारोबारमा एक करोड ३९ लाख ५२ हजार एक सय २१ कित्ता शेयर खरिद बिक्री भएका छन् । सो अनुसार आज कुल कारोबार रकम पाँच अर्ब ६६ करोड ९१ लाख ९४ हजार नौं सय ६१ रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार भएका छन् । सो मध्ये आज वाणिज्य बैंक र निर्जीवन बीमा समुहको सूचक बढेका छन् भने विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार समुहको सूचक घटेर रातै भएका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज कालिका लघुवित्त वित्तीय संंस्था, भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड, स्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने गुडविल फाइनान्स, आत्मर्निभर लघुवित्त वित्तीय संस्था, नेपाल फाइनान्स आदिको शेयर मूल्य भने शेयर घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, साहस ऊर्जा लिमिटेड आदि परेका छन् ।