सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामै दुई हजारले बढ्यो

सुनको मूल्यमा नयाँ कीर्तिमान,  तोलामै दुई हजारले बढ्यो

काठमाडौँ, २ कात्तिकः सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि नयाँ उचाइमा पुगेको हो । 

    महासङ्घका अनसार सुनको मूल्य आज प्रतितोला  दुई हजारले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक लाख ६२ हजार चार सय रुपैँयामा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६४ हजार चार सय रुपैँया निर्धारण भएको छ । 

    यस्तै, चाँदीको मूल्य तोलामा ३० रुपैँयाले बढेको छ । बिहीबार प्रतितोला एक हजार नौ सय ५० रुपैँयामा कारोबार भएको आजका लागि भने एक हजार नौ सय ८० निर्धारण भएको छ ।