सुनको मूल्यमा नयाँ कीर्तिमान, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्यमा नयाँ कीर्तिमान, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ, ५ कात्तिक । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला छ सय रुपैँयाले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो मूल्य स्थानीय बजारमा हालसम्मकै सबैभन्दा बढी हो । 

आइतबार प्रतितोला एक लाख ६५ हजार रुपैँयामा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ६५ हजार छ सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्यमा पनि कीर्तिमान कायम भएको छ । आइतबारको तुलनामा आज चाँदी प्रतितोला  २०  रुपैँया वृद्धि भएको छ ।

आइतबार चाँदी प्रतितोला दुई हजार ७५ रुपैँयामा कारोबार भएको चाँदी आजका लागि भने दुई हजार ९५ रुपैँया निर्धारण भएको महासङ्घले जनाएको छ ।