एकैपटक फेरिए १७ जिल्लामा सीडीओ (सूचीसहित)

काठमाडौं, ९ कात्तिक । सरकारले एकैपटक ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारी तथा सहसचिव तथा उपसचिव स्तरका कर्मचारीहरुको सरुवा गरेको छ । गृह मन्त्रालयले एकसाथ १७ जना प्रमुख जिल्ला अधिकारीहरुको हेरफेर गरेको हो ।
विभिन्न जिल्ला प्रशासन कार्यालय र इलका प्रशासन कार्यालयहरुमा कार्यारत उपसचिव तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुको सरुवा पनि गरेको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई जिल्ला प्रशासन कार्यालय पर्साको जिम्मेवारी तोकिएको छ । रुपन्देहीमा बासुदेव घिमिरे सीडीओ बनेका छन् ।
दिनशेसागर भुसाललाई पर्साबाट भैरहवा विमानस्थलको अध्यागमन कार्यालयमा सुरुवा गरिएको छ । लालबाबु कवारीलाई महोत्तरीको प्रमुख जिल्ला अधिकारीको जिम्मा दिइएको छ ।