सहसचिव रघुराम विष्ट सचिवमा बढुवा

काठमाडौं, ९ कात्तिक । सहसचिव रघुराम विष्ट सचिव बढुवा भएका छन् । हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले विष्टलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
प्रशासन सेवातर्फ विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव विष्टको नाम सचिव बढुवा सिफारिस समितिको बैठकले सिफारिस गरेको थियो ।
सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदीले अनिवार्य अवकास पाएसँगै रिक्त पदमा सचिव विष्ट बढुवा भएका हुन् ।
लगातार ४ पटकको कार्यसम्पादन मूल्यांकनका आधारमा एक सचिवका लागि तीन जनाको नाम सिफारिस गरेपछि पाँचौं पटक ज्येष्ठताका आधारमा नाम सिफारिस गर्ने गरिएको छ ।