शनिबार १७ फागुन, २०८१

कैलालीमा पटाका पड्काउन रोक, राति १० बजे पछि देउसी भैलो खेल्न नपाइने

कैलालीमा पटाका पड्काउन रोक, राति  १० बजे पछि देउसी भैलो खेल्न नपाइने

धनगढी, १४ कात्तिक । कैलालीमा राति १० बजेपछि देउसी, भैलो खेल्न नपाइने निर्णय गरिएको छ ।

तिहारको समयमा कानून विपरीतका अवाच्छित गतिविधि हुनसक्ने बताउँदै देउसी भैलो, नाचगान जस्ता मनोरञ्जनात्मक कार्यहरु राति १० बजेपछि गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले सूचनामार्फत जानकारी गराएको छ ।

आधुनिकताको नाममा नेपाली समाजको संस्कृति, परम्परा, मर्यादा, अनुशासन विपरित छरछिमेक र समाजको समग्र शान्ति नै प्रभावित हुनेगरी कानून विपरितका अवाञ्छित गतिविधि हुनसक्ने भएकाले १० बजेपछि मनोरञ्नजनात्मक कार्य गर्न नपाइने सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले जारी गरेको सूचनामा भनिएको छ । 

पटका, आतिसवाजी जस्ता प्रज्वलनशील पदार्थ पड्काउन र ओसार पासार नगर्नु नगराउनु पनि प्रशासन कार्यालयले अनुरोध गरेको छ । प्रशासनले तोकेको समय भन्दा बढी देउसी भैलो खेलेको तथा अन्य गतिविधि गरेको पाइएमा कानुन अनुसार कारवाही गरिने समेत सूचना बताइएको छ । 

यस्तै, दीपावलीमा दियो, मैनवत्ती, पालाहरु बाल्ने एवम् विद्युतीय उपकरणहरू बालेर दीपावली मनाउँदा आगजनी जस्ता विपद्का घटना हुनसक्ने भएकोले सचेत हुन समेत आग्रह गरिएको छ ।