एमाले नेता-कार्यकर्ताकै छोराछोरी 'बालेनका साइबर सेना' : पृथ्वीसुब्बा गुरुङ

एमाले नेता-कार्यकर्ताकै छोराछोरी 'बालेनका साइबर सेना' : पृथ्वीसुब्बा गुरुङ

काठमाडौं, १५ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले एमाले नेता कार्यकर्ताकै छोराछोरीले रवि लामिछाने र बालेन शाहलाई समर्थन गरिरहेको टिप्पणी गरेका छन् । 

बिहीबार एमालेको बागमती प्रदेश सम्पर्क कमिटीले आयोजना गरेको देउसीभैलो कार्यक्रममा एमाले उपमहासचिवसमेत रहेका गुरुङले एमालेकै नेताका छोराछोरी रवि लामिछानेको पछि लागिरहेको बताएका हुन् ।

‘हाम्रा छोराहरु, हाम्रा छोरीहरु रवि लामिछानेको पछि लागिरहेका छन् । हाम्रा छोराछोरी बालेनको साइबर ग्रुपमा छन्, अनि हाम्रो पार्टीको विरुद्धमा, प्रधानमन्त्रीको विरुमा लेखिरहेका छन्, त्यसमा हाम्रो ध्यान गएको छ रु’ उनले प्रश्न गरे ।

अहिलेका विद्यार्थीमध्ये २० देखि २५ प्रतिशत मात्र राजनीतिमा रहेको उल्लेख गर्दै मन्त्री गुरुङले उनीहरु नै अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीहरुमा बाँडिएको बताए । ‘७० देखि ७५ प्रतिशत विद्यार्थी राजनाीतिमा छैनन्, उनीहरु रास्वपा र बालेनजस्ताको सेना भइरहेका छन्’, उनले भने ।