आईसीसी विश्व क्रिकेट लिग–२ खेलेर स्वदेश फर्कियो नेपाली राष्ट्रिय टोली

काठमाडौं, २२ कात्तिक । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत क्यानडा र अमेरिकामा सिरिज खेलेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज (बिहीबार) स्वदेश फर्किएको छ ।
क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का सदस्य दिवाकर घलेले स्वागत गरेका छन् ।
क्यानडा र अमेरिकामा नेपालले लिग टुमा ८ खेलमा प्रतिस्पर्धा गर्दा एक खेलमा जित हाँसिल गरेको थियो भने ५ खेलमा पराजित भएको थियो । दुई खेल वर्षाका कारण रद्ध भएका थिए ।