मंगलबार १३ फागुन, २०८१

नेपालले कुवेतलाई दियो १३१ रनको चुनौती

नेपालले कुवेतलाई दियो १३१ रनको चुनौती

काठमाडौं, २२ कात्तिक। आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत जारी दोस्रो खेलमा नेपालले कुवेत समक्ष जितका लागि १३१ रनको चुनौती पेस गरेको छ । 

दुबईस्थित दी सेभेन्स स्टेडियममा टस जितेर पहिले ब्याटिङ राजेको नेपालले निर्धारित  २० ओभरमा ८ विकेटको क्षतिमा १३० रनको योगफल तय गरेको हो । 

नेपालक लागि कप्तान पुजा महतोले ३८ बलमा ४ चौकाको मद्दतले सर्वाधिक ३४ रन बनाइन् । यस्तै, साना प्रविनले १८ बलमा ५ चौकासँगै २५ रन जोडिन् ।

ज्योत्सनिका मरासिनीले पनि १८ बल खेलेर २३ रनको योगदान दिइन् । एलिसा कुमारी यादवले १५ रन बनाइन् ।