गौरीघाट र कमलपोखरी पुगेर राष्ट्रपति पौडेलले गरे छठ पूजा

काठमाडौं, २२ कात्तिक । मधेशबासी हिन्दू नेपालीको महापर्व छठको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौंको गौरीबाटस्थित वाग्मती नदी किनारमा निर्माण गरिएको छठघाटमा पुगेका छन् ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले त्यहाँ छठीमाइको पूजा गरेका छन् ।
गौरीघाटबाट फर्किएका राष्ट्रपति पौडेल कमलपोखरीमा रहेको छठघाटमा पनि जाने तयारी भइरहेको उनले जानकारी दिए ।
छठ पर्वको मुख्य दिन बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ । छठ पर्व मनाउन यसअघिदेखि नै राष्ट्रप्रमुख पनि जाने प्रचलन रहेको थियो ।