मुहार फेरियो कृषि औजार कारखाना
वीरगञ्ज,(पर्सा), २५ कात्तिक । तीन दशकदेखि बन्द रहेको कृषि औजार कारखानाको अगाडिको भाग रङरोगन गरिएपछि अहिले मुहार नै फेरिएको छ । ।
राष्ट्रिय आविष्कार केन्द्रले सञ्चालन र व्यवस्थापनको जिम्मेवारी लिएसँगै कारखाना भित्रका औजार तथा उपकरण पनि सञ्चालनमा ल्याइएको छ ।
नेपाल कमर्शियल आर्टिस्ट एशोसिएसनका कलाकारले निःशुल्क रङ लगाएर कारखानाको अगाडिको भागलाई चिटिक्क पारिएको राष्ट्रिय आविष्कार केन्द्रले जनाएको छ ।