कालीकोट जीप दुर्घटना अपडेट: गम्भीर घाइते ८ जनालाई सुर्खेत ल्याइयो

सुर्खेत, २५ कात्तिक। कालिकोट जीप दुर्घटनामा परी गम्भीर घाइते भएका ८ जना यात्रुलाई सुर्खेत ल्याइएको छ।
पलाँता गाउँपालिका–३ मा जिप दुर्घटना हुँदा ८ जना घाइते भएकाहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत ल्याइएको हो ।
उक्त दुर्घटनामा घाइते १३ जना मध्य पहिलो चरणमा ८ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत् प्रदेश अस्पताल सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक गोविन्दप्रसाद चौधरीले जानकारी दिए।
उनले दिएको जानकारी अनुसार, बाँकी रहेका ५ घाइते लिन हेलिकप्टर घटनास्थलतर्फ उडेको छ ।
आइतबार दिउँसो पलाँता गाउँपालिका–३ को राहुनेटा भन्ने ठाउँमा कप्र ००१ ज५६ नम्बरको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएको कालिकोट प्रहरीले पुष्टि गरेको छ ।