पारस खड्काले भने–एनपीएलको दोस्रो संस्करण फ्लडलाइटमा गर्ने इच्छा छ

पारस खड्काले भने–एनपीएलको दोस्रो संस्करण फ्लडलाइटमा गर्ने इच्छा छ

काठमाडौं, २६ कात्तिक । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण फ्लडलाइटमा गर्ने इच्छा रहेको बताएका छन् ।

आज (सोमबार) उक्त प्रतियोगिताबारे सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै क्यानका सचिव खड्काले एनपीएलको पहिलो संस्करण अन्तराष्ट्रियस्तरको सबैको ध्यान तान्न चाहेको बताए । 

‘हाम्रो इच्छा भनेको दोस्रो सस्करण फ्लडलाइटमा गर्ने हो । फ्लडलाइटमा नेपाल क्रिकेट संघ वा नेपाल सरकारले लगानी गर्छ भन्ने आगामी संस्करणसम्म अनुमान होला !’ यसले सरकारको पनि ध्यानाकर्षण हुने र लगानी बढ्नसक्ने बताउँदै खड्काले भने । 

क्यानले गरेको अध्ययनमा फ्लोड लाइटका लागि ३० करोड रुपैयाँ लाग्ने देखिएको सचिव खड्काले जानकारी दिए ।

सरकारमा भएकाहरुसँग छलफल गर्दा ३० करोड केही होइन भन्ने प्रतिक्रि आएपनि अहिलेसम्म हुन नसकेको उनले बताए ।

पहिलो संकरणको एनपीएल मंसिर १५ देखि ६ पुससम्म क्रिकेट संघको आयोजनामा हुने तय भएको छ ।