साना दलले शासन गर्ने परम्परा अन्त्य हुनुपर्छ : शंकर पोखरेल
काठमाडौं, २७ कात्तिक । नेकपा एमालेका महासचिव शंकर पोखरेलले साना दलले शासन गर्ने कुरा लोकतन्त्रमा उचित नभएको बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग महासचिव पोखरेलले सान दलले शासन गर्ने परम्परागत अन्त्य गरिनुपर्ने बताएका हुन् । ‘लोकतन्त्रमा सानो भएर शासन गर्ने कुरा उचित होइन, त्यो अन्त्य हुनुपर्छ’, उनले भने ।
तर, म्याजिक नम्बर पायौं भन्दै साना दलले शासन गर्ने परम्परा देखिएको उनले टिप्पणी गरे । आगामी चुनाव २०८४ बाट साना दलले शासन गर्ने परम्परा तोड्नेगी काम भइरहेको महासचिव पोखरेलले बताए ।
त्यो तयारी संविधान संशोधनबाटै हुने पोखरेलले बताए । ‘त्यो परिपाटीलाई चुनावबाट अन्त्य गर्ने हिसाबले हामीले संविधान र कानून सुधारका विषय अगाडि बढाएका हौ’, महासचिव पोखरेलले भने ।
उनले २०८४ को चुनाव अघि नै संविधान संशोधन हुने पनि उनले बताए ।