यू–१९ विश्वकप छनोटको निर्णायक खेलमा युएईविरुद्ध नेपाललाई ८४ रनको लक्ष्य

यू–१९ विश्वकप छनोटको निर्णायक खेलमा युएईविरुद्ध नेपाललाई ८४ रनको लक्ष्य

काठमाडौं, २८ कात्तिक । आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटअन्तर्गत युएईविरुद्धको खेलमा नेपालले ८४ रनको जितका लागि लक्ष्य पाएको छ । 

टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनायो । यूएईका लागि कप्तान समाइरा धर्निधरकाले सर्वाधिक ३१ रन बनाइन् ।

त्यस्तै, रिनिथा रन्जितले २० रन बनाइन् भने ‌‌ओपनर लावन्या केनी र इन्दुजा नन्दाकुमारले समान १० रन बनाए ।

नेपालका लागि कृष्मा गुरुङले ४ ओभरमा १७ रन दिएर ४ विकेट लिइन् । उनले कप्तान धर्निधरका सहित खेलाडीलाई एकै ओभरमा आउट गराएकी थिइन् । नेपालका रिया शर्मा र सीमा केसीले २/२ विकेट लिँदा रचना कुमारी चौधरीले १ विकेट लिइन् ।

नेपाल विश्वकपमा छनोट हुन रनरेटमा पनि यूएईलाई पछाडि पार्ने गरी जित्‍न आवश्यक छ ।

यूएईले यसअघि भएको खेलमा नेपाललाई हराएको थियो । ५ खेलमा ५ नै जितसहित यूएई अंक तालिकाको शीर्ष स्थानमा छ । त्यस्तै ,चार जित र १ हार सहित नेपाल दोस्रोमा छ ।