मितेरी सहकारी ठगी प्रकरण: कांग्रेस उपसभापति गुरुङसँग प्रहरीले लियो बयान

काठमाडौं, २८ कात्तिक । नेपाल प्रहरीले मितेरी सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको विषयमा कांग्रेस उपसभापति धनराज गुरुङसँग घटना विवरण कागज गराएको छ ।
सीआईबीका एक अधिकृतका अनुसार, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा बोलाएर प्रहरीले गुरुङसँग बयान कागज गराएको हो ।