पहिलो पटक विश्वकपमा पुगेको यू–१९ महिला क्रिकेटरलाई जनही २ लाख ५० हजार दिने घोषणा

काठमाडौं, २९ कात्तिक । नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकपमा छनोट भएको यू–१९ महिला टोलीका सदस्यहरुलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको छ ।
टोलीका प्रत्येक खेलाडीलाई प्रोत्साहन स्वरुप जनही २ लाख ५० हजार दिने निर्णय भएको क्रिकेट संघले जनाएको छ ।
टिम अफिसियलहरुलाई १ लाख ५० हजार दिइने संघका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।
बुधबार भएको निर्णायक खेलमा यूएईलाई हराउँदे नेपाल आगामी जनवरीमा मलेसियामा हुने यु-१९ महिला विश्वकपमा छनोट भएको थियो ।
त्यस्तै, नेपाल यसै वर्ष डिसेम्बरमा मलेसियामै हुने एसिसी यू-१९ महिला एसिया कपका लागि पानि छनोट भएको छ ।