'हिन्दु अधिराज्य र सनातन धर्म' सम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न
काठमाडौं, ३० कात्तिक । दर्जनौं धार्मिक संघ–संस्थाहरुलाई समन्वय गर्ने उद्देश्यका साथ आयोजित 'हिन्दु अधिराज्य र सनातन धर्म' सम्बन्धी अन्तक्र्रियात्मक एक दिवसीय गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।
योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्को आयोजनामा शुक्रवार भएको उक्त धार्मिक कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सम्पन्न गरिएको हो ।
स्वामी चतुर्भुजाचार्य महाराजको प्रमुख अतिथ्यता रहेको थियो भने परिषद्का अध्यक्ष शंकर पौडेलको सभापतित्व रहेकोमा डा. गजमान गुरुङ्गको विशिष्ट अतिथि रहेका थिए । कार्यक्रममा अन्य विभिन्न क्षेत्रका धर्म, संस्कृति प्रेमी सम्मानित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विभिन्न धार्मिक संघ, संस्थाका प्रमुख तथा प्रतिनिधि वक्ताहरुले सनातन धर्म, संस्कृति र परम्परामाथि विभिन्न खाले अतिक्रमणले संकट देखा परेको उल्लेख गर्दै त्यसको संरक्षणका लागि सबै धार्मिक संघ,सस्था एकजुट भएर लाग्नुपर्ने आवश्यकता औंल्याएका थिए ।
उनीहरुले नेपाललाई राजासहितको हिन्दु सनातन धार्मिक राष्ट घोषणा गर्नुपर्ने अभियान चलाउनुपर्ने कुरामा विशेष जोड दिएका थिए ।
यसैबीच, धर्म र संस्कृति देशको परिचय हुनका साथै सम्पत्ति भएको जिकीर गर्दै त्यसको संरक्षण र सम्बद्र्धनमा सबै जुट्नुपर्ने बेला आएको एक विज्ञप्तिमार्फत परिषद्ले सबैमा अपिल समेत गरेको छ ।