नेपाल एअरलाइन्सका ४ वटै विमान सञ्चालनमा, मकालुले सुरु गर्यो अन्तर्राष्ट्रिय उडान
काठमाडौं, ३ मंसिर । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को मकालु (९एन–एएलजेड) विमानले पनि नियमित उडान भर्न थालेको छ ।
अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी इटालीमा सि–चेकको मर्मत सम्भार सम्पन्न गरी विमानले फेरि उडान सुरुवात गरेको हो ।
आज (सोमबार) बिहान ८ बजेर ५२ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गरेको विमानमा कुवेतबाट १७१ जना यात्रु सवार थिए । भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्किंदा १६८ जना लिएर उडेको हो ।
मकालुले पनि उडान थालेसँगै नेपाल एयरलाइन्ससँग भएका चारवटै विमान सञ्चालनमा आएका छन् ।