पूर्वसभामुख ढुंगानालाई सानोगौचरनमा श्रद्धाञ्जली अर्पण
copy_uIxuk2W5Hv_ytwmh1irdcctqoej194g7lpghc7z3rvhjvtp7mcws0brcsjbfrhqxn7p8dcz_yni0MKPQVD_v3kppgooeig5zhau0esu99oth00hiumjgihtvggmwzzxtjxfyd0knjcpodqr.jpg)
काठमाडौं, ३ मंसिर। दिवंगत पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचनमा राखिएको छ ।
सानोगौचरन पुगेर सरकारी उच्च पदस्थ व्यक्तिहरू, राजनीतिक दलका नेतासहितले उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहितका विशिष्ट व्यक्तित्व उपस्थित भएका छन् ।
श्रद्धाञ्जलीपछि ढुंगानाको आजै राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।
लामो समयदेखि कलेजो सम्बन्धी समस्याबाट पीडित ढुंगानाको हिजो (आइतबार) निधन भएको थियो ।