१८९ किलो गाँजासहित एक जना पक्राउ

काठमाडौं, ८ मंसिर । १८९ किलो गाँजासहित पिकअप गाडी र चालकलाई प्रहरीले सिन्धुलीबाट नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा गाडी चालक चितवनको गितारनगरका शेरबहादुर लामा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार, सिन्धुलीको कमलामाई नगरपालिका-९ स्थित चेकपोष्टमा जाँच गर्ने क्रममा शुक्रबार राति बाप्र०३-००१ च२२८० नम्बरको पिकअप गाडीमा लुकाइराखेको गाँजासहित लामालाई नियन्त्रणमा लिएको हो ।
उक्त गाडी चितवनबाट हेटौंडा(सिन्धुली हुँदै बर्दिबासतर्फ गइरहेको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान गरी कानूनी कारबाहीको प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।