गैंडाको आक्रमणबाट नवलपरासीमा एक जनाको मृत्यु

त्रिवेणी (नवलपरासी) , ८ मंसिर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गैंडाको आक्रमणबाट आज शनिबार (बिहान) एक जनाको ज्यान गएको छ ।
गैंडाको आक्रमणबाट मध्यविन्दु नगरपालिका-६, भण्डाराका ६५ वर्षीय नाथुराम थारुको निधन भएको हो ।
खेतमा आलु रोपिरहेको समयमा थारुलाई गैंडाले आक्रमण गरेको र उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक जेसी शाहले जानकारी दिए ।