सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो बजार भाउ ?

काठमाडौँ, १४ मङ्सिर । नेपाली बजारमा बिहीबारको तुलनामा आज सुन र चाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला एक हजार छ सय र चाँदीको मूल्य प्रतितोला ४५ रुपैँयाले बढेको हो ।
हिजो सुन प्रतितोला एक लाख ४९ हजार तीन सय रुपैँयामा कारोबार भएको थियो । आज प्रतितोला एक हजार छ सयले बढेर एक लाख ५० हजार नौ सय रुपैँयामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, हिजो चाँदी प्रतितोला एक हजार आठ सयमा कारोबार भएकोमा आज प्रतितोला ४५ रुपैँयाले बढेर एक हजार आठ सय ४५ रुपैँयामा किनेबेच भइरहेको छ ।