दाङमा बस दुर्घटना हुँदा २१ जना घाइते, तीनजना गम्भीर

बुटवल, १४ मंसिर । दाङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी ईश्वर थापा, सदरमुकाम घोराहीबाट तुलसीपुर जाँदै गरेको रा १ ख १३८२ नम्बरको बस बिजौरीको डाँडागाउँनेर दुर्घटना हुँदा २१ जना घाइते भएका र ३ जनाको अवस्था गम्भीर रहेको छ ।
घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको डिएसपी थापाले जानकारी दिए ।
बस चालक घोराही–१० का मनोज चौधरी फरार छन् । बस सडकबाट करिब तीन मिटर तल खसेको छ ।