विराटनगर किङ्स भर्सेस जनकपुर बोल्ड्स, ललितले लिए पहिलो विकेट

काठमाडौँ, १५ मङ्सिर । नेपालमा पहिलो पटक आयोजना भएको नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो विकेट लिने खेलाडी ललित राजवंशी बनेका छन् ।
त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपूरमा आज भएको पहिलो खेलमा जनकपुर बोल्टस्का बलर राजवंशीले विराटनगर किङ्ग्सका ब्याटर लोकेश बमको विकेट लिएका हुन् । ललितले एनपिएलको पहिलो बलमै लोकेशको विकेट लिएका हुन् ।
यस्तै एनपिएलमा पहिलो चौका प्रहार गर्ने खेलाडी लोकेश बनेका छन् । लोकेश छ बलमा एक चौकासहित पाँच रन बनाएर आउट भएका छन् ।