बुधबार १४ फागुन, २०८१

विराटनगरले दिएको १२८ रनको लक्ष्य पछ्याउँदै जनकपुर, एकै बलमा जोड्यो ११ रन

विराटनगरले दिएको १२८ रनको लक्ष्य पछ्याउँदै जनकपुर, एकै बलमा जोड्यो ११ रन

काठमाडौं, १५ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन सत्रको  विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच जारी खेलमा एकै बलमा ११ रन बनेको छ ।

विराटनगरले पेश गरेको १२८ रनको चुनौती पछ्याइरहेको जनकपुरले पहिलो बलमै ११ रन बनाएको  हो ।  विराटनगरका क्रिस सोलले पहिलो ओभर बलिङ गरेका हुन् ।

जनकपुरका कप्तान अनिल शाह स्ट्राइकमा थिए । पहिलो बल वाइड चौका हुँदा जनकपुरले ५ रन जोड्यो । त्यसपछि पनि सोलले वाइड बल फाल्दा विराटनगरले एक रन पायो । पहिलो बलको लेगल डेलीभरीमा ओभरथ्रो हुँदा जनकपुरले थप ५ रन बनाउँदै ११ रन बनायो । 

पहिलो ओभरमा जनकपुरले ११ रन जोड्दा १ विकेट गुमायो । आसिफ शेख खाता नखोली आउट हुन पुगे ।