उपनिर्वाचन: कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी
_t3o13kzKJ1_kyphcspfgztce9c6mvpollqnnjcf0g53it0zqjtxoxp4ac3fsz36mi7wq5zl_Nu4HyP9WQS_dzmcktfqm7a7ty3b5u9cacwxsm0jwii5mbzxkniwdl4b9z1shoklntbzihzv.jpg)
कीर्तिपुर (काठमाडौँ), १६ मङ्सिर । कीर्तिपुर नगरपालिकाका २० स्थानमा नगरप्रमुख र दुई वडाध्यक्षका लागि उत्साहपूर्वक मतदान जारी छ ।
मतदान अधिकृत इन्दिरा कार्कीका अनुसार नगरप्रमुख र वडा नं १ र ४ का वडाध्यक्षका लागि जारी मतदानमा नगरप्रमुखमा दलीय र स्वतन्त्र गरी २० उम्मेदवार तथा वडा नं १ मा नौ र वडा नं ४ मा १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
नगरप्रमुख राजकुमार नकर्मी, वडा १ का अध्यक्ष हीरालाल महर्जन र वडा नंं ४ का अध्यक्ष श्यामराज अधिकारीको निधनपछि ती पद रिक्त भएका हुन् ।