स्थानीय तह उपनिर्वाचन (फोटो फिचर)

काठमाडौं, १६ मंसिर । स्थानीय तहको उपनिर्वाचन शुरु भएको छ । आईतवार बिहान ७ बजेदेखि उपनिर्वाचनका लागि मतदान गर्न शुरु गरिएको हो ।
४१ पदका लागि हुन लागेको निर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा छन् । जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४४ पदमा राजनीतिक दलबाट कात्तिक २ मा मनोनयनपत्र दर्ता भएको थियो । जसमा तीन पदमा निर्विरोध निर्वाचित भएसँगै आइतबार ४१ पदमा मात्रै निर्वाचन भएको हो ।