उपनिर्वाचन: बिहान ११ बजेसम्म २५ प्रतिशत मत खस्यो

काठमाडौं, १६ मंसिर । निर्वाचन आयोगले स्थनीय तहका रिक्त रहेका विभिन्न ४१ पदका लागि जारी मतदान शान्तिपूर्ण रहेको जनाएको छ ।
आयोगका अनुसार, बिहान ११ बजेसम्म २५ प्रतिशत मत खसेको छ ।
२५ प्रतिशत मत खसेको विवरण प्राप्त भएको र हालसम्मको मतदान शाख्न्तिपूर्ण रुपमा भइरहेको आयोगकी प्रवक्ता निता पोखरेल अर्यालले जानकारी गराइन् ।
यसपटक मेयर, उपमेयर, अध्यक्षरउपाध्यक्ष र वडाध्यक्ष पदमा मतदान भइरहेको छ ।