चार देशका राजदूतले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं, १६ मंसिर । विभिन्न चार देशका राजदूहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
आज (आइतबार) बिहान शीतलनिवासमा आयोजित समारोहमा नेपालका लागि अमेरिका, जर्मनी, साउदी अरब र अष्ट्रेलियाका राजदूतलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् ।
अमेरिकाका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी, जर्मनीका लागि डा.शैल रुपाखेती, साउदी अरबका लागि डा. नरेशविक्रम ढकाल र अष्ट्रेलियाका लागि चित्रलेखा यादव नियुक्त भएका थिए ।
शपथ ग्रहण कार्यक्रममा परराष्ट्रमन्त्री आरजु राणा देउवा लगायतको उपस्थिति रहेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी गराइन् ।