माओवादी केन्द्रले भन्यो- ऊर्जामन्त्रीले विद्युत् प्राधिकरणको काममा अवरोध पुर्याए
![माओवादी केन्द्रले भन्यो- ऊर्जामन्त्रीले विद्युत् प्राधिकरणको काममा अवरोध पुर्याए](https://snowberry.prixacdn.net/media/gallery_folder/Agni-Sapkota%2520(1)_O1k36ICESo_fdl8woqdc5dumxriodgiwtks18flg6miydiuymrvbzrcjj30coqzclvtq1vc_RsehUniF3n_gupfaj1rmnbdqdbuyjbchb6wgghjxufzjwgowyihx6ralvhoat3cc1shv5cd.jpg)
काठमाडौं, २० मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले उर्जामन्त्री दीपक खड्काले विद्युत् प्राधिकरणमा आफ्नो कार्यकक्ष खोलेर काममा अवरोध सिर्जना गरेको आरोप लगाएको छ ।
माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले ऊर्जामन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणको काममा अवरोध पुर्याएको बताएका छन् ।
‘मन्त्रीले नै अनौठो, इतिहासमा कहिले नभएको कुरा विद्युत् प्राधिकरणमै कार्यकक्ष खोलेर, बसेर त्यहाँ विद्युत् प्राधिकरणले गरिरहेको काममा अवरोध सिर्जना गर्ने काम गरेको छ, यस अर्थमा वास्तवमा सरकारले बिचौलियाहरुलाई जोगाउने, भ्रष्टाचारीहरुलाई जोगाउने काम गरिरहेको छ,’ उनले भने ।
यस्ता विषयमा सरकारलाई खबरदारी गर्ने सापकोटाले बताए । ‘व्यवस्थित ढंगले हामी खबरदारी सभामार्फत् र अन्यमार्फत् सरकारलाई खबरदारी गर्ने छौं ।’ उनले भने
ऊर्जामन्त्री खड्काले विद्युत् प्राधिकरणको कार्यालयमा आफ्नो कार्यकक्ष खोलेका छन् । विद्युत् प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष मन्त्री हुने भएकाले प्राधिकरणमा कार्यकक्ष बनाएको मन्त्री खड्काको प्रतिक्रिया छ ।