एनपिएलः सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्दै काठमाडौँ गुर्खाज
काठमाडौं, २० मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको दोस्रो खेलमा काठमाडौंले टस जितेर सुदूरपश्चिम रोयल्सलाई ब्याटिङको आमन्त्रण गरेको छ ।
अहिले टस हारेको सुदूरपश्चिम रोयल्सले ब्याटिङ गरिरहेको छ । पहिलो खेलमा सुदूरपश्चिमले विराटनगर किंग्सलाई हराउँदै विजयी यात्रा आरम्भ गरिसकेको छ । पहिलो खेलमा चितवनसँग हार व्यहोरेको काठमाडौंले दोस्रो खेलमा कर्णालीलाई पराजित गरेको थियो ।