इतिहासकार पुरुषोत्तम शमशेर राणाको निधन

काठमाडौं, २० मंसिर । इतिहासकार पुरुषोत्तम शमशेर राणाको ९९ वर्षको उमेरमा निधन भएको छ ।
काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा उनको आज (बिहीवार) दिउँसो निधन भएको हो ।
उनको जन्म १९८२ साल चैत १५ गते चारबुर्जा दरबार (हाल निर्वाचन आयोगको कार्यालय रहेको बहादुर भवन) मा भएको थियो ।
उनले राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू र श्री ३ हरुका वृतान्त पुस्तक लेखेका छन् । उनी रुद्र शमशेरका नाति र ईश्वर शमशेरका छोरा हुन् ।