एनपीएल: कर्णाली याक्सको पहिलो जित, चितवनको पहिलो हार
काठमाडौं, २१ मंसिर । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित निकालेको छ ।
आज (शुक्रबार) टीयू मैदानमा भएको खेलमा विपिन शर्माको ३ विकेट र ब्याटिङमा शिखर धवनको ४५ रन मद्दतमा कर्णालीले चितवन राइनोजलाई ६ विकेटले हराएको हो ।
कर्णाली यसअघि जनकपुर बोल्ट्स र काठमान्डु गुर्खाजसँग पराजित भएको थियो । पहिलो जितपछि कर्णालीले दुई खेलको पराजयपछि शृंखलालाई ब्रेक गर्दै २ अंक जोडेको छ ।
यसअघि लगातार दुई खेल जितेर लयमा रहेको चितवनले पहिलो हार व्यहोरेको हो ।
धवनले ४५ रन बनाएपछि कर्णालीले १३१ रनको लक्ष्य १९‍.५ ओभरमा ३ विकेट गुमाएर पूरा ग¥यो । चाडविक वाल्टनले ३० तथा देव खनालले २५ रन बनाए । जिसान मक्सुदले अविजित १२ रन जोडे ।
अन्तिम ओभरमा रोमाञ्चक क्षण
अन्तिम ओभरमा जितका लागि कर्णालीलाई ९ रन चाहिएको थियो । जिसान मक्सुद र अर्जुन घर्ती क्रिजमा थिए ।
चितवनका रिजन ढकालको बलिङमा अर्जुनले सुरुवाती ३ बलमा २/२ रन बनाएपछि जितका लागि ३ बलमा ३ रन आवश्यक भयो । तर, चौथो बलमा अर्जुन रनआउट हुँदा २ बलमा ३ रन आवश्यक भयो । पाँचौ बलमा मक्सुदले चौका प्रहार गरेपछि कर्णालीको जित सुनिश्चित गरे ।
ओपनरद्वय शिखर धवन र देव खनालले पहिलो विकेटका लागि अर्धशतकीय साझेदारी गर्दै कर्णालीलाई गतिलो सुरुवात दिलाए । यो जोडीले पहिलो विकेटका लागि ९.५ ओभरमा ५३ रनको साझेदारी गरेको थियो । देव २५ रन बनाएर चितवनका कप्तान कुशल मल्लबाट एलबीडब्लु धरापमा परे । उनले ३४ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरे ।
धवनले १६औं ओभरको दोस्रो बलमा लफ्टी इटनबाट कट एण्ड बोल्ड हुनुभन्दा पहिले ४१ बलमा ४चौका र १ छक्का प्रहार गरी ४५ रन जोडेका थिए ।
बलिङमा कुशल मल्ल, जान लफ्टी इटन र रवि बोपाराले १(१ विकेट लिए ।
त्यसअघि टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले रवि बोपाराको अर्धशतक मद्दतमा ७ विकेट गुमाएर १३० रन जोडेको थियो । बोपाराले ४० बल खेल्दै ७ चौका र १ छक्का प्रहार गर्दै अविजित ५९ रन बनाए ।
बोपारा जारी एनपीएलमा लगातार दुई अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बने । यसअघि उनले पोखरा एभेन्जर्स विरुद्ध ५१ रन बनाएका थिए ।
बोपाराले कप्तान कुशल मल्लसँग चौथो विकेटका लागि ६० रनको साझेदारी गरेका थिए । कप्तान कुशल मल्लले २३ रन जोडे । २७ बल खेलेका उनले २ चौका र १ छ्क्का प्रहार गरे । विपिन रावलले ११ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङमा कर्णाली याक्सका युवा बलर विपिन प्रसाद शर्माले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा २१ रन खर्चिए ।
जिसान मक्सुले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । यसैगरी नन्दन यादवले २ ओभरमा १ मेडन राख्दै ११ रन खर्चेर १ विकेट लिए ।
कप्तान सोमपालले ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए ।