सूर्यदर्शन सहकारीको रकम ठगीमा संलग्न अर्का एक जना पक्राउ

सूर्यदर्शन सहकारीको रकम ठगीमा संलग्न अर्का एक जना पक्राउ

काठमाडौं, २१ मंसिर । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अनियमितता प्रकरणमा संलग्नताको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सूर्यदर्शन सहकारीका साधारण सदस्य कृष्ण गुरुङ रहेका छन् ।

प्रहरीका अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलबाट बिहीबार पोखरा घर भएका  गुरुङलाई  पक्राउ गरिएको हो । 

कतार जान लागेको अवस्थामा पक्राउ परेका गुरुङलाई पोखरा लगिएको कास्कीका डीएसपी वसन्त शर्माले जानकारी दिए ।

उनीमाथि यसअघि नै पक्राउ पुर्जी जारी भइसकेकाले शुक्रबार सरकारी वकिल कार्यालयमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।