प्रधानमन्त्री ओलीले गरे मानवसेवा आश्रमको भवन उद्घाटन

झापा, २३ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको मेचीनगर नगरपालिका–४, आमडाँडीस्थित मानवसेवा आश्रमको जिल्ला कार्यालयको भवन उद्घाटन र मानवसेवा स्मारकको भवन शिलान्यास गरेका छन् ।
प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यले सो उद्घाटन र शिलान्यास गरेका हुन् । कार्यक्रममा आश्रमका लागि दुई बिघा पाँच कट्ठा जग्गा दिने स्थानीय रामबहादुर प्रधान र परिवारलाई सम्मान गरिएको थियो ।
प्रधानमन्त्री ओलीले सो आश्रमको भवन निर्माणका लागि आफ्नो एक महिनाको तलब र प्रथम महिला शाक्यले दुई महिनाको पेन्सन रकम दिने घोषणा गरे । प्रधानमन्त्री ओलीको घोषणापछि अन्य अतिथि र जनप्रतिनिधिले पनि सहयोगको घोषणा गरेका थिए ।