सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता
![सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/deuba-1536x1152_2y5llLeQnP_kwwkopcdrgwfvpamtjwc7fiy9t2jbzxnhq4oqpfw5pltzgngrmsrffqvuu2e_3VbjxPNEer_h8urp0wbwmqnyvgyihttyufas511oapbqie7nq7gxk33tji22fzratubzb6a.jpg)
काठमाडौँ, २३ मङ्सिर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले भेटवार्ता गरेका छन् ।
सभापति देउवा निवास बूढानीलकण्ठमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय हितका विविध पक्ष र समसामयिक विषयमा छलफल भएको सभापति देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
आजै नेपाल आएका विदेशमन्त्री लुले नेपाल भ्रमणका क्रममा शीर्ष नेतृत्वसँग शिष्टाचार भेट र नागरिक समाजसँग कुराकानी गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।
उनको यो भ्रमणले अमेरिका–नेपाल सम्बन्धलाई मजबुत बनाउने र वातावरणीय सुरक्षा, महिला सशक्तीकरण, सांस्कृतिक संरक्षण र दिगो विकासजस्ता मुख्य क्षेत्रहरूमा दुई देश बीचको सहकार्यलाई अघि बढाउने विषयमा योगदान पुग्ने विश्वास गरिएको छ ।