बिहीबार २४ माघ, २०८१

छविलाई कास्कीबाट पर्सा लगियो, रविलाई पनि लैजाने तयारी

छविलाई कास्कीबाट पर्सा लगियो, रविलाई पनि लैजाने तयारी

काठमाडौं, २४ मंसिर । सहकारी संस्थाको रकम अनियमितता प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई पोखराबाट पर्सा लगिएको छ ।

पर्साको सानोपाइला सहकारी संस्थाको रकम ठगी प्रकरणमा पनि पक्राउ पूर्जी जारी भएकाले उनीहरुलाई पर्सा लगिएको हो ।

प्रहरी स्रोतका अनुसार, आइतबार बेलुका पोखराबाट गाडीको बाटो हुँदै आज  बिहान पर्सा उनलाई पुर्‍याइएको छ । आज जिल्ला सरकारी वकिलको कार्यालयमा उनको बयान लिइने छ । त्यसपछि फेरि पोखरा फर्काइने छ ।

रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पनि पोखराबाट पर्सा लैजाने प्रहरी तयारी भइरहेको तर, समय भने अहिले नै निश्चित भइनसकेको प्रहरी स्रोतले बतायो ।

सहकारी रकम हिनामिना प्रकरणमा रवि र छवि दुवै जिल्ला प्रहरी कार्यालय  कास्कीको  हिरासतमा छन् ।