बिहीबार २४ माघ, २०८१

कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक जारी

कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक जारी

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक बसिरहेको छ । 

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक जारी छ । बैठकले रिक्त रहेको गण्डकी प्रदेश सभा सदस्यको सिफारिसबारे निर्णय लिने छ ।

यसका साथै स्थानीय तह उपनिर्वाचन समीक्षा, समसामयिक राजनीतिक विषयलगायतका विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।