बुधबार २३ माघ, २०८१

गढीमाई मेला स्थलमा पेस्तोल देखाउँदै हिँड्ने युवक पक्राउ, दुई वटा पेस्तोल बरामद

गढीमाई मेला स्थलमा पेस्तोल देखाउँदै हिँड्ने युवक पक्राउ, दुई वटा पेस्तोल बरामद

सर्लाही, २४ मंसिर । प्रहरीले गढीमाई मेलास्थलबाट दुई थान पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ ।

आइतबार साँझ बलरा नगरपालिका–६, मिर्जापुर निवासी इन्दल सहनीका अन्दाजी १८ वर्षीय छोरा गोलु भनिने अमरजितकुमार सहनीलाई दुई थान पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो ।

गढीमाई मेलास्थलमा हतियार देखाउँदै झै–झगडा गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बलराबाट खटिएको प्रहरी वरिष्ठ नायब निरीक्षक दीपेन्द्र मल्लको टोलीले सहनीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, सहनीका साथबाट एक थान चाइनिज पेस्तोल र एक थान नलकटुवा पेस्तोल बरामद समेत गरिएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बरामद पेस्तोलसहित युवकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मलङ्गवा झिकाइएको जानकारी दिए ।

जिल्लाका बरहथवा, हरिपुर, कबिलासी, रामनगर र बलरामा लगायत झण्डै आधा दर्जन स्थानमा गढीमाई मेला जारी छ ।