भ्रातृ संस्थाको महाधिवेशन गराउन कांग्रेसले बनायो ‘केन्द्रीय निर्देशन समिति’
काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसले पार्टीका भ्रातृ संस्थाको महाधिवेशनका लागि समन्वय र सहयोग गर्न ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’ गठन गरेको छ ।
केन्द्रीय कार्यसमिति बैठकको निर्णय बमोजिम सभापति शेरबहादुर देउवाले केन्द्रीय निर्देशन समिति गठन गरेका हुन् ।
नेपाल महिला संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिमा भने संशोधन गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
अहिले कांग्रेसका सबै भ्रातृ संगठन तदर्थ छन् । चैत मसान्तसम्म सबै संगठनको महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्न यसअघि नै निर्देशन भइसकेको छ ।
यस्तो छ केन्द्रीय निर्देशन समिति:
नेपाल दलित संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१.सहमहामन्त्री जीवन परियार -संयोजक
२. केन्द्रीय सदस्य लक्ष्मी परियार -सदस्य
३. केन्द्रीय सदस्य शान्ति परियार वि.क.-सदस्य
नेपाल महिला संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति (संशोधन गरिएको)
१. प्रवक्ता डा. प्रकाशशरण महत -संयोजक
२. केन्द्रीय सदस्य पुष्पा भुसाल -सदस्य
३. केन्द्रीय सदस्य रुक्मिणी कोइराला -सदस्य
नेपाल किसान महासंघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१.केन्द्रीय सदस्य रमेश रिजाल -संयोजक
२. केन्द्रीय सदस्य राजेन्द्रकुमार के.सी. -सदस्य
३. केन्द्रीय सदस्य अञ्जनी श्रेष्ठ -सदस्य
नेपाल भूतपूर्व सैनिक संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१. केन्द्रीय सदस्य एन.पी.साउँद -संयोजक
२. केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ -सदस्य
३। केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बू -सदस्य
नेपाल लोकतान्त्रिक खेलकूद संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१. केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत -संयोजक
२. केन्द्रीय सदस्य उमेशजंग रायमाझी -सदस्य
३. केन्द्रीय सदस्य गणेश लामा -सदस्य
राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१. केन्द्रीय सदस्य मधु आचार्य -संयोजक
२. केन्द्रीय सदस्य सरस्वती बजिमय -सदस्य
३. केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ -सदस्य
नेपाल थारू संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१. केन्द्रीय सदस्य उदयशम्शेर राणा -संयोजक
२. केन्द्रीय सदस्य डा. गोपाल दहित -सदस्य
३. केन्द्रीय सदस्य योगेन्द्र चौधरी -सदस्य
नेपाल प्रजातन्त्र सेनानी संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१. केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेल -संयोजक
२.केन्द्रीय सदस्य मुक्ताकुमारी यादव -सदस्य
३.केन्द्रीय सदस्य कान्तिका सैजुवाल -सदस्य