एनपीएलमा आज दुई खेल हुँदै, कोसँग को भिड्दै ?

काठमाडौँ, २७ मङ्सिर । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछन् ।
पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किङ्स र दोस्रो स्पर्धा काठमाडौँ गुर्खाज् जनकपुर बोल्ट्सबीच हुनेछ ।
हालसम्म काठमाडौंले दुई खेल जितेको छ भने पाँच खेलमा स्पर्धा गरेको जनकपुर चार खेलमा विजयी भएको छ । पहिलो खेल ९ः१५ र दोस्रो खेल १ः१५ बजे हुनेछ ।